शीर्षकहरू

नेशनल लाईफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

नेशनल लाईफले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ७ गते ३६औं वार्षिक साधारण सभा बोलाएको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुुङ्ग्याउनेछ । 

प्रस्तावित लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनस र नगद लाभांश प्रयोजनका लागि छुट्टै ३ करोड ६९ लाख २८ हजार रूपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रूपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।