शीर्षकहरू

शेयर बजारमा ७५.३३ अंकको वृद्धि, १४ अर्ब ११ करोडको कारोबार

शेयर बजारमा ७५.३३ अंकको वृद्धि, १४ अर्ब ११ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ७५.३३ अंकले बढेर दुई हजार पाँच सय ६३ दशमलब ४३ विन्दुमा बन्द भएको हो ।                  

नेप्सेमा आज १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २० वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                     

नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।   

आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ । यसका साथै आज शिभम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।