शीर्षकहरू

हिमालयन लाइफका सञ्चालक दुगडको राजीनामा स्वीकृत

हिमालयन लाइफका सञ्चालक दुगडको राजीनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत गरेको छ । सञ्चालक दुगडले व्यक्तिगत व्यस्तताका कारण पदीय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भनी गत असार ३१ गते राजीनामा दिएका थिए । 

साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ३१ गतेदेखि लागू हुने गरी दुगडको सञ्चालक पदको राजीनामा स्वीकृत गरेको हो ।