शीर्षकहरू

सिन्धुलीको मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन

सिन्धुलीको मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन

काठमाडौ । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले खोटाङको हलेसी र सिन्धुलीको सुनकोशी किनार मुलकोटमा पौवा रिसोर्ट सुरु गरेको छ ।

 पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा विच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोड भन्दा बढिको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।  

नेपालको पर्यटन उद्योगलाई थप उचाईमा पु¥याउनका लागि मिसन १०० को योजना सहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पुर्वतर्फ अगाडि बढेको हो । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने ‘८ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरेको छौ । काठमाडौकोदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकका लागि उत्तम गन्तव्य भएको हो । काठमाडौको भिडभाडबाट सुनकोशी नदी किनारामा  शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौ ।’ 

यस्तै अध्यक्ष भण्डारीले भने, ‘खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दुहरुको संगमस्थल भएकोले हुनाले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेका छौं । रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।’ 

यस्तै पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले भने, ‘देशको विकासको संकेत भनेको संस्कार र संकृति हो । नेपाली आतिथ्यताको संस्कृति विश्वमै अनुपम छ । यसलाई संसारभरका पर्यटकलाई देखाउनका लागि होटल पौवाले काम गरेको छ । हामी पौवाको विस्तार व्यवसाय मात्र होइन हाम्रो संकृतिलाई समेत विस्तार गर्ने उद्देश्य राखेका छौ ।’

 ज्ञवालीका अनुसार पर्यटकलाई नयाँ गन्तव्यमा भ्रमण गराउने सक्ने हो भने मात्र पर्यटकको बसाई लम्बिन सक्छ । देशभर १५ वटा पौवा चेन बनाउने योजना रहेको छ। जुन पर्यटकी गन्तव्य क्षेत्र समेत हुन ।