शीर्षकहरू

अमेरिकी शेयर बजारमा उथलपुथल हुँदा एलोन मस्कलाई ठूलो झट्का

अमेरिकी शेयर बजारमा उथलपुथल हुँदा एलोन मस्कलाई ठूलो झट्का

एजेन्सी ।  अमेरिकासहित विश्वभरीको शेयर बजारमा गिरावट आउँदा विश्वका शीर्ष धनीहरूको सम्पत्तिमा ठूलो असर देखिएको छ । विश्वका सबैभन्दा धनी एलोन मस्कलाई सबैभन्दा ठूलो धक्का लागेको छ। 

अमेरिकी बजारमा यो उथलपुथल भएका कारण विश्वका केही ठूला कम्पनीको शेयरमा आएको गिरावटलाई मानिन्छ । जसमध्ये विश्वकै धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला सबैभन्दा अगाडि थियो । टेस्लाको शेयर १२.३ प्रतिशतले घट्यो र प्रति शेयर २१५.९९को स्तरमा आयो।

टेस्लाको शयरमा आएको यो ठूलो गिरावटको असर एलोन मस्कको नेटवर्थमा पनि देखिएको छ र एकै झट्कामा उनको २१.७ अर्ब रुपैयाँको सम्पत्ति नष्ट भएको छ । यद्यपि, आफ्नो कुल सम्पत्तिमा यो कमी भए पनि एलोन मस्कले नम्बर –१ धनी व्यक्तिको स्थान ओगटेका छन। उनको कुल सम्पत्ति अहिले २४१ अर्ब डलर छ।

एलोन मस्क मात्र नभई जेफ बेजोसदेखि वारेन बफेटको सम्पत्ति पनि घटेको छ । यसबाहेक मेटा प्लेटफर्मको शेयर ५.६१ प्रतिशतले घटेर ४६१.२७ डलरमा पुगेको छ । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलको मूल कम्पनी अल्फाबेट इन्कको पनि शेयर ५ प्रतिशतले झरेर १७४.३७ डलर पुगेको छ ।