शीर्षकहरू

मौद्रिक नीति आउनु अघिल्लो दिन ३२ अंकले बढ्यो नेप्से

मौद्रिक नीति आउनु अघिल्लो दिन ३२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेको छ । निरन्तरको वृद्धिपछि बुधबार ८ दिनपछि २७ अंकको करेक्सन भएको बजार आज पुन: बढेर दुई हजार ५६८.१३ विन्दु बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउनसक्ने सम्भावना छ । पुँजीबजार सुधार गर्नेगरी मौद्रिक नीति आउने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

आजलघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम भने घटेको छ । यसदिन १४ अर्ब १३ अर्ब ७८ लाख रुपैयाँको ३ करोड ५५ लाख ९४ हजार ६८६ कित्ता शेयर किनबेच भएको छ । हिजो अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गरेपछि २०७८ भदौ ३ गतेपछिकै उच्च पैसाको कारोबार शेयर बजारमा भएको थियो । बुधबार १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच भएको थियो ।