शीर्षकहरू

क्याप्टेन शाक्यको तीन वटा करङ भाँचिएको छ: केएमसी

क्याप्टेन शाक्यको तीन वटा करङ भाँचिएको छ: केएमसी

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको तीन वटा करङ भाँचिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै केएमसीले यस्तो जानकारी दिएको हो ।  

बुधबार काठमाडौंबाट पोखराका लागि उडेको केही मिनेटमै सौर्य एयरलाइन्सको जहाजका दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । क्याप्टेन मनीषरत्न शाक्य भने घाइते भएका हुन् ।  

‘दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको सबैमा जानकारी गराउँदछौ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको तीन वटा करङ भाँचिएका छन्’, केएमसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनको अनुहार तथा नाक, आँखाका चोटहरूको बुधबार नै उपचार भइसकेको समेत केएमसीले जनाएको छ ।