शीर्षकहरू

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा भारी  वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा भारी  वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुइ स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।