शीर्षकहरू

तीन अर्ब बराबरको ऋणपत्र निष्काशनका लागि प्राइम कमर्सियल बैंकले दियो निवेदन

तीन अर्ब बराबरको ऋणपत्र निष्काशनका लागि प्राइम कमर्सियल बैंकले दियो निवेदन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । उक्त ऋणपत्र निष्कासनका लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो । 

१ हजार रूपैयाँमा ३० लाख कित्ता ऋणपत्र निष्काशनको तयारी बैंकले गरेको हो । आगामी १० वर्ष सम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्कासन गर्न बैंकले बोर्डसँग अनुमति मागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने र बाँकी १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विभिन्न संघ संस्थामा विक्री गरिने जानकारी बैंकले दिएको छ ।