शीर्षकहरू

कुमारी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य बढ्यो

कुमारी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य बढ्यो

काठमाडौं । कुमारी इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ९६ पैसा कायम भएको छ । जेठ मसान्तसम्म १० रूपैयाँ ४२ पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा बढेको हो ।  

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । योजनाको खुद सम्पत्ति मूल्य असार मसान्तसम्म १ अर्ब ९ करोड रूपैयाँभन्दा बढी छ । असार मसान्तसम्म योजना ९ करोड २९ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको छ । जेठ मसान्तसम्म योजनाले ३ करोड ९८ लाख रूपैयाँभन्दा बढी नाफा गरेको थियो ।

योजनाको जम्मा आम्दानी जेठमा ५ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेकोमा असारमा बढेर ११ करोड १५ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले असार मसान्तसम्म १ अर्ब ४ करोड ३३ लाख रूपैयाँभन्दा बढी लगानी गरेको छ ।

योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्यभन्दा बजार मूल्य कमनै देखिन्छ । बैंक मुद्दती निक्षेपमा १५ करोड ८७ लाख रूपैयाँभन्दा बढी लगानी गरेको योजनाको मुद्दती निक्षेप सहित कुल लगानी मूल्य ९७ करोड ४० लाख रूपैयाँभन्दा बढी रहेको छ ।