शीर्षकहरू

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार

काठमाडौं । सरकारले भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको छ । 

रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका त नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली सक्रिय थियो । मानव बेचबिखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ ।