शीर्षकहरू

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा

नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल सहकारी वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संस्थालाई बुधवार समस्याग्रस्त घोषणा गरेको हो ।   

सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो । यस संस्थाको कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वरमा रहेको थियो ।