शीर्षकहरू

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो

फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो

काठमाडौं । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रबार र शनिबार गरिने सो क्याम्पका वारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने छ ।  

सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरुले आवश्यक जानकारी प्रदान गर्नेछन् भने थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिदै सहज वातावरणमा सेवा प्रदान गर्नेछन् । सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्छन् । 

साउन ११ र १२ गते राधेराधे र चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिना भर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ । 

काठमाडौं उपत्यका वाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यस अनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, साउन २० देखि २२ सम्म विर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ । सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा ५ प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।