शीर्षकहरू

हिलटन ब्राण्डको होटल नेपालमा पनि सञ्चालनमा आयो

हिलटन ब्राण्डको होटल नेपालमा पनि सञ्चालनमा आयो

काठमाडौं ।  अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा सञ्चालनमा आएको हिलटन ब्राण्डको होटलको उद्घाटन गरेका छन । 

नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्लेख गर्दै सफलताको शुभकामना समेत दिए । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वस्त छु”, उनले भने । 

उक्त होटल शङ्कर ग्रुपले  आठ अर्ब रुपैयाँ लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ ।