शीर्षकहरू

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले प्रस्ताव गर्यो गत वर्षको लाभांश

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले प्रस्ताव गर्यो गत वर्षको लाभांश

काठमाडौं । एन आई सी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाले गत आर्थिक वर्षको लागि कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साउन १६ गते योजना व्यवस्थापक एन आई सी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको उक्त लाभांश वितरण प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गर्न लागिएको छ । बुक क्लोजको आधारमा साउन १६ गतेसम्म कायम शेयरधनीहरू मात्र योजनाको लाभांश पाउन योग्य भएका छन् । 

खुला मुखी प्रकृतिको यस योजनाको प्रतिफल पुनः लगानी गर्न सकिने व्यवस्था रहेको छ । आफ्नो प्रतिफल वापत्को रकम पुनः लगानी गर्न चाहने इकाईधनीहरूले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने जानकारी योजना व्यवस्थापकले दिएको छ । असार मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रूपैयाँ ९ पैसा रहेको छ । योजनाले यस अवधिसम्म ६ करोड ७२ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ ।