काठमाडौं । सरकारले गत आर्थिक बर्ष २०८०÷८१ को असार महिनामा मात्रै ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ पुँजीगत बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो ।
आर्थिक महिनाको अन्तिम महिनाका कारण असारमा धेरै खर्च गर्नुपर्ने दवाव हुन्छ । त्यो बेला खर्च अनुशासन कायम गर्न असारमा रकमान्तर गर्न पाउने व्यवस्था छैन । तर, सरकारले सोही महिना ठूलो मात्रामा बजेट रकमान्तर गरेको हो । नीति नभएपछि सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर सो बराबरको बजेट रकमान्तर गरेको हो ।
सरकारले असारमा १५६ शिर्षकमा उक्त बजेट रकमान्तर गरेको हो । यसमा एक करोड रुपैयाँ भन्दा कम मात्रामा भएको रकमान्तर भने यसमा समावेश छैन । गत आवमा सरकारले २५ अर्ब ३४ करोड रुपैयाँ बजेट रकमान्तर गरेको छ । त्यसमा असारमा मात्रै ११ अर्ब भन्दा बढी रकमान्तर भएको छ । सरकारले गत आवमा खर्चमा अनुशासन कायम गर्ने भनको थियो । तर, सरकारले रकमान्तर गरेर ठुलो बजेट खर्च गरेको छ ।
कुन महिना कति रकमान्तर (१ करोड भन्दा माथिको)
महिना | रकम |
साउन | ५१ करोड १३ लाख |
भदौ | ७५ करोड ५९ लाख ४८ हजार |
असोज | ३ अर्ब २ करोड ६० लाख २७ हजार |
कात्तिक | ४३ करोड ९९ हजार २६ हजार |
मंसिर | ३ करोड |
पुस | २७ करोड २९ लाख १० हजार |
माघ | ६७ करोड १८ लाख |
फागुन | ७० करोड ५५ लाख ६२ हजार |
चैत | २ अर्ब ५५ करोड ४८ लाख ३७ हजार |
बैशाख | २ अर्ब ४० करोड ६ लाख ९६ हजार |
जेठ | २ अर्ब ५९ करोड ७३ लाख ७९ हजार |
असार | ११ अर्ब ३७ करोड ३१ लाख १० हजार |
स्रोतः अर्थ मन्त्रालय