शीर्षकहरू

ग्रामिण विकास लघुवित्तले कमायो करिब १५ करोड नाफा

ग्रामिण विकास लघुवित्तले कमायो करिब १५ करोड नाफा

काठमाडौं । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ७ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्ष सोही अवधिसम्म भने १४ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले इम्पेरमेन्ट चार्ज वापत्को ४१ करोड ८९ लाख रूपैयाँभन्दा बढी रकम फिर्ता पाएसँगै सञ्चालन नाफा र खुद नाफामा सुधार आएको हो । अघिल्लो वर्ष कम्पनीले इम्पेरमेन्ट चार्ज वापत् ४८ करोड २७ लाख रूपैयाँभन्दा बढी छुट्याएको थियो । 

अघिल्लो वर्ष १६ करोड ४३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनी गत वर्ष ३७ करोड ६० लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा रहेको  हो । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ३६ करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ९८ करोड २५ लाख रूपैयाँभन्दा बढी छ । 

जगेडा कोषमा १ अर्ब ६१ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग भने ३६ करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । गत वर्ष कम्पनीले १२ करोड ९६ लाख रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ११ अर्ब ३३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म कम्पनीले ३ अर्ब ५४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेकोमा गत वर्ष घटेर ६ दशमलव ६५ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रूपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६३ रूपैयाँ ९८ पैसा छ ।