काठमाडौं । आईजीआई प्रुरुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ भने जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।