शीर्षकहरू

टेस्ला, अडी तथा पोर्श गाडी किन्न महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

टेस्ला, अडी तथा पोर्श गाडी किन्न महालक्ष्मी बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

काठमाडौं । डाउन पेमेन्टमा  टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरियस गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने भएको छ । बैंक र टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डको नेपालका लागि आधिकारिक आयातकर्ताअरेत ईन्टरनेशनलबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् ।