शीर्षकहरू

भैरहवा भन्सारबाट धमाधम भन्सार छलीको चिनी बरामद हुँदै

भैरहवा भन्सारबाट धमाधम भन्सार छलीको चिनी बरामद हुँदै

भैरहवा । भैरहवा भन्सार कार्यालय परिसरबाट धमाधम भन्सार चिनी बरामद हुन थालेको छ । भन्सार कार्यालय चोरी तस्करी नियत्रणका लागि २४ घण्टा सक्रियता भएपछि धमाधम चिनी बरामद परेको हो ।

भदौ २ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ४ उद्योगपुरीबाट दिउँसो ५८ बोरा चिनी बरामद भएको थियो । त्यस्तै, भदौ २ गते बेलुका १२२ बोरा चिनी बरामद गरेको शसस्त्र प्रहरी बल भन्सारले जनाएको छ ।

सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकायका घेरा पार गर्दै गोदाम गरेको चिनी भन्सार कार्यालयले छापा हानी बरामद गरिरहेको छ । भारतीय सिमावर्ती क्षेत्रबाट मोटरसाइकल, साइकल, अटो रिक्सा लगायतबाट ओसार पसार भइ गोदाम गरेको आशंकामा भन्सारले बरामद गर्ने गरेको हो ।

साउन ३१ गते १४७ बोरा चिनी, ३२ गते ७५ बोरा चिनी र ९२ बोरा मटर बरामद गरेको थियो ।