शीर्षकहरू

बेरोजगारीको सूचीमा करिब नौ लाख युवा, गत आवमा करिब नौ लाखले पाए रोजगारी

बेरोजगारीको सूचीमा करिब नौ लाख युवा, गत आवमा करिब नौ लाखले पाए रोजगारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा करिब नौ लाख युवाले बेरोजगारीको सूचीमा आफनो नाम दर्ता गराएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा आठ लाख ८५ हजार १५३ जनाले बेरोजगारीमा नाम दर्ता गएको मन्त्रालयको तथ्यांक छ । जसमध्ये तीन लाख ८४ हजार ७०९ पुरुष छन् भने पाँच लाख ३५४ जना महिला छन् । 

बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी दिने लक्ष्य सहित सरकारले श्रम मन्त्रालय अन्र्तगत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सहभागी हुनका लागि अर्थात् रोजगारीका लागि सरकारले प्रत्येक वर्ष बेरोजगारीको सुचीमा नाम दर्ता गराउन आवहन गर्दे आएको छ । बेरोजगारीमा नाम दर्ता गराउनका लागि मन्त्रालयले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेको छ । केन्द्रमा नाम दर्ता गराएकामध्ये मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेका वेरोजगारलाई प्राथमिकताको आधारमा रोजगारी प्रदान गरिदै आएको छ । 

अघिल्लो आव २०७९/८० भने रोजगार सेवा केन्द्रमा आठ लाख ४१ हजार ३७९ जनाले बेरोजगार सुचीमा आफनो नाम दर्ता गराएका थिए । आव २०७८/७९ मा सात लाख आठ हजार २४९ ले नाम दर्ता गराएका थिए । आव २०७७/७८ मा सात लाख ५२ हजार ४४८ र आव २०७६/७७ मा तीन लाख ६९ हजार ३१२ जनाले वेरोजगार सुचीमा नाम दर्ता  गराएका थिए । 

गत आवमा भने कार्यक्रम मार्फत ६४ हजार ९१० जनाले रोजगारी पाएका छन् । गत आवमा ११ हजार ६१६ वटा आयोजनाहरु सञ्चालनका गरिएको मन्त्रालयको तथ्यांक छ ।  

तथ्यांक अनुसार ७३८ स्थानीय तहमा बेरोजगारको सुची दर्ता गरिएको थियो भने ७३५ वटा स्थानिय तहले आयोजना सञ्चालन गरेका थिए । कार्यक्रमको लागि गत आवमा पाँच अर्ब ९४ करोड ६९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।