शीर्षकहरू

एशियन लाइफ इन्स्योरेन्सको व्यतित भइसकेको बीमालेख नविकरण हुने

एशियन लाइफ इन्स्योरेन्सको व्यतित भइसकेको बीमालेख नविकरण हुने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नविकरण फेल भएको बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाइने भएको छ । गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने समय ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेख पनि नविकरण गर्न पाइने भएको हो । उक्त बीमालेख नविकरण गर्दा भदौ ११ गतेदेखि असोज १० गतेभित्र नवीकरण गर्दा ५० प्रतिशत छुट पाइने भएको छ । 


त्यस्तै, पाँच वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत र २ देखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ । साथै दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र पहिल्यै छुट सुविधा लिइसकेकालाई यो लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।