काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०२४’ जारी छ । नाडा अटो शोलाई लक्षित गरी बैंकहरुले विभिन्न सुविधासहितको अटो कर्जा योजना सञ्चालनमा ल्याएका छन् । नबिल बैंकदेखि महालक्ष्मी विकास बैंकले समेत आकर्षक सुविधासहितको अटो कर्जा योजना ल्याएका हुन् ।
मेलामा उपस्थिति जनाएको सात बैंकले ८० प्रतिशत फाइनान्स सुविधासहित दुईदेखि सात वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने भएका छन् । ग्लोबल आइएमई बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल मेगा इन्भेष्टमेण्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक र महालक्ष्मी विकास बैंकले अटो कर्जा योजना ल्याएका हुन् ।
हेरौँ, कर्जा दिने ‘स्टल’