शीर्षकहरू

काठमाडौं महानगरका ११२६ सहकारीलाई कारबाही गर्ने तयारी

काठमाडौं महानगरका ११२६ सहकारीलाई कारबाही गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हजार एक सयभन्दा बढी सहकारीहरुलाई कारबाही गर्ने तयारी गरेको छ । महानगरपालिका अन्तर्गतको सहकारी विभागले एक हजार १२६ सहकारीलाई कारबाही गर्ने भएको भएको हो । 

समयमा विवरण अद्यावधिक नगर्ने उक्त संस्थालाई कारबाही गर्ने तयारी गरिएको हो । महानगरले समयमा विवरण अद्यावधिक नगर्ने संस्थाको विवरण सार्वजनिक गर्दै कारबाहीको तयारी थालेको जनाएको हो । 

गत आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक साधारण सभा गरेर माघसम्म विवरण अद्यावधिक गरेका र नगरेका संस्थाहरुको विवरण सार्वजनिक गरेको छ । जसमा अध्यावधिक नगर्ने संस्थालाई महानगरपालिका सहकारी ऐन २०७४ को दफा ८१ उपदफा २ को १ मा जरिवाना हुने व्यवस्था रहेको छ ।