शीर्षकहरू

आँखुखोला जलविद्युतको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

आँखुखोला जलविद्युतको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युतको हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज आइतबारअन्तिम दिन हो । कम्पनीले साउन २७ गतेदेखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने छ। हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ ।