शीर्षकहरू

सानिमा क्यापिटल अन्तर्गतका तीन योजनाको लाभांश सार्वजनिक

सानिमा क्यापिटल अन्तर्गतका तीन योजनाको लाभांश सार्वजनिक

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) प्रस्ताव गरेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन बन्दमुखी योजना सानिमा इक्वीटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यी तीन योजनाको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश योजनाहरूले गर्ने बुक क्लोजको मितिका आधारमा इकाईधनीहरूले प्राप्त गर्नेछन् । 

यी लाभांश प्रयोजनका लागि निकट भविष्यमा तीन ओटै योजनाले बुक क्लोजको मिति तय गर्ने जानकारी दिएका छन् ।