शीर्षकहरू

एनसेल नविकरण भयो, तीन किस्तामा १० प्रतिशत ब्याज तिर्न पर्ने

एनसेल नविकरण भयो, तीन किस्तामा १० प्रतिशत ब्याज तिर्न पर्ने

काठमाडौं । मोबाइल सेवा प्रदाय कम्पनी एनसेल लिमिटेडको अनुमतिपत्र पाँच वर्षका लागि नविकरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार दिएको पत्र अनुसार नविकरण शुल्क चार किस्तामा तिर्न पर्ने उल्लेख छ । 

पहिलो किस्ता ५ अर्ब तिरेर नविकरण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जनाएका छन् । अरु बाँकी १५ अर्ब तीन किस्तामा तिर्न पर्ने प्राधिकरणको पत्रमा उल्लेख छ । यसमा प्रत्येक वर्ष १० प्रतिशत ब्याज तिर्न पर्ने उल्लेख गरिएको छ । एनसेलले चाहेमा किस्ता रकम पहिला नै तिर्न सक्ने पनि बाटो खुला रहेको प्राधिकरणले उल्लेख गरेको छ । 

 बिहीबारको मन्त्रिपरिषद्र बैठकले एनसेल मोबाइल सेवाको अनुमतिपत्र तेस्रोपटक नवीकरण गर्न वार्षिक ५ अर्बका दरले चार किस्ता, र ब्याज बुझाउनुपर्ने निर्णय गरेको थियो । नवीकरणको दस्तुर २० अर्बको चार किस्तामध्ये पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुने सरकारी निर्णय थियो । सोहि अनुसार आज पहिलो किस्ता रकम बुझाएको हो । एनसेलले तिर्ने पहिलो किस्तामा ब्याज नलागे पनि दोस्रो किस्ताबाट १० प्रतिशतका दरले ब्याज तिर्नेगरी नवीकरण प्रक्रिया अघि बढाइएको सरकरले निर्णय गरेको थियो ।