शीर्षकहरू

नाडामा सीजीका ७ ब्राण्डबाट कति गाडी बुकिङ भए? सबैभन्दा बढी केवाईसी भ्यान

नाडामा सीजीका ७ ब्राण्डबाट कति गाडी बुकिङ भए? सबैभन्दा बढी केवाईसी भ्यान

काठमाडौं । नाडा अटो शोको १६औँ संस्करण आइतबार सम्पन्न भयो । ८२ हजार ४७० दर्शकको अवलोकनसहित ४ हजार बढी गाडी बुकिङ भएर अटोमोबाइल क्षेत्र र अर्थतन्त्रलाई भाइब्रेट गराउनेगरी अटो शो सम्पन्न भयो  ।

यस वर्षको अटो शो इभीमय बनेको थियो । चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा साना व्यवसायिक सवारीसाधनहरूमा ७५ प्रतिशत विद्युतीय सवारी प्रदर्शनमा थिए । उक्त अटो शोमा विभिन्न सात ब्राण्डसहित भाग लिएको थिए सीजी मोटर्सले ।

सीजी नेटा, अवतार, एक्सपेङ्ग, आयोन, रिडारा किङ्गलंग प्यासेञ्जर भेहिकलसहित केवाईसी कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक बिक्रेता हो । यी सबै चिनियाँ विद्युतीय ब्राण्ड हुन् ।

विभिन्न फरक स्वादका सवारीसाधन प्रदर्शनमा राखेको सीजी मोटर्सले यस वर्षको अटो शोमा ८२८ वटा सवारीसाधन बुकिङ गरेको छ ।

कम्पनीका अनुसार  नेटा एक्स ११५ र नेटा भी ८६ वटा बुकिङ भएको छ । अवतार २२, एक्सपेङ ५७, आयोन वाई ७०, रिडारा ४३ र किङ्गलंग १८० वटा बुकिङ भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबैभन्दा बढी सीजीले केवाईसीका भ्यान २५५ वटा बुकिङ गराएको छ ।