शीर्षकहरू

सिटिजन्स बैंक र सुबिसु केबल नेटबीच छुट सम्बधी समझदारी

सिटिजन्स बैंक र सुबिसु केबल नेटबीच छुट सम्बधी समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले https://campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।