शीर्षकहरू

सहकारी दर्ता र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक : सभापति थापा

सहकारी दर्ता र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक : सभापति थापा

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिका सभापति सूर्य थापाले देश भरको सहकारी दर्ता सूचना र सञ्चालनको विवरण दिने ठाउँ तत्काल आवश्यक रहेको  बताएका छन ।

सहकारीको सिद्धान्त, नीति, विधि, पद्धती र प्रक्रियामा सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउदैै सहकारीको मर्म र भावना विपरित सञ्चालन भएका सहकारीमा समस्या देखिएको उनले बताए । 

सोमबार साना किसान कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग छलफल कार्यक्रममा बोल्दै सभापति थापाले अहिलेसम्म सहकारीका समस्या मात्र सुनेको स्मरण गर्दै साना किसानहरुले गरेको योगदान र हासिल गरेको सफलताले आफुलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । 

छानिवसमितिमा बसेर सहकारी क्षेत्रका विभिन्न कुराहरुलाई हेर्नेक्रममा साना किसान कृषि सहकारीहरुले समाजिक, आर्थिक र चेतनास्तर विकासमा गरेको योगदान प्रशंसनिय रहेको बताए । यसैगरी उनले अहिले सहकारीमा देखिएको समस्याका विभिन्न कारणहरुमध्ये राष्ट्र बैँकले अनुगमन गरेर दिएको प्रतिवेदन कार्यन्वयन नहुनु एक रहेको औँल्याए । 

यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले समाजिक रुपान्तरणमा उल्लेखनीय भूमिका खेलेको जानकारी गराए । उनले सबै सहकारीमा समस्या नरहेको बताउनुहुँदै राम्रा सहकारीको पहिचान गरेर राम्रालाई प्रोत्साहन गर्नुपर्ने माग गरे । 

छलफल कार्यक्रममा २५ सहकारी संस्थाहरुका २८ जना सञ्चालक तथा प्रवन्धक, केन्द्रीय संघका अध्यक्ष सहित पदाधिकारीहरु, नि.महाप्रवन्धक सहित कर्मचारहिरुको उपस्थिति रहेको थियो ।