शीर्षकहरू

समृद्धि फाइनान्सको एक हजार पाँच सय कित्ता संस्थापक शेयर बिक्रीमा

समृद्धि फाइनान्सको एक हजार पाँच सय कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी यी शेयर बिक्रीमा ल्याएका हुन । 

इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय हेटौडा, मकवानपुरमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।