शीर्षकहरू

मृतकका परिवारलाई १० लाख २५ हजार बीमा रकम हस्तान्तरण

मृतकका परिवारलाई १० लाख २५ हजार बीमा रकम हस्तान्तरण

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका-४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको आयोजना गरि संस्थाको १ जना सदस्य केन्द्र न ६७ समूह न २ मा आबद्ध ज्ञानमति थारुको चत्याङको मृत्यु भए पश्चात् पाउनुपर्ने १० लाख २५  हजार रूपैयाँ बराबरको बीमा रकम उनको श्रीमान अमिरिका थारुलाई १७१७८८ रुपैयाँ कट्टा गरि ८५३२१२ रुपैयाँको चेक हस्तान्तरण  गरिएको  छ।   सो बीमा रकम संस्थाका शाखा प्रमुख  खेमानन्द तिवारी र गैडहवा गाउपालिका-१ का वडा अध्यक्ष  प्रदिप कुमार चौधरीले हस्तान्तरण गरेका छन् ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा  उक्त गाउँ का करिब २० जना सदस्य , वडा अध्यक्ष  साथै संस्थाका शाखा प्रमुख खेमानन्द तिवारी, कर्मचारीहरू रिमा चौधरी , बिजय चौधरी थारु र विरेन्द्र यादबको उपस्थिति रहेको थियोे ।