शीर्षकहरू

पूर्वाञ्चल ल्युव आयलको साधारण सभा असोज ९ गते हुने

पूर्वाञ्चल ल्युव आयलको साधारण सभा असोज ९ गते हुने

काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले असोज ९ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ भने १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ ।

गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय निर्धारणको विषय टुङ्ग्याउनेछ ।