शीर्षकहरू

आईपीओ निष्काशन गर्दै ह्याबिट्याट पावर, नियुक्त गर्यो बिक्री प्रबन्धक

आईपीओ निष्काशन गर्दै ह्याबिट्याट पावर, नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी सुरु गर्दै धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी दिएको छ ।  

बिक्री प्रबन्धक नियुक्त भएसँगै अब नियामक निकायबाट स्वीकृति लिने कार्य अघि बढाउने भनाई कम्पनीको छ । कम्पनीले पाँचथर जिल्लामा ९ दशमलव ९ मेगावाट क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको अवस्थामा आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीका अनुसार यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ छ ।