शीर्षकहरू

प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

प्रिमियम लक्जरी इभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटो मोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक(केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।

यसै साता ह्यात रिजेन्सि काठमाडौंमा भव्य समारोह सहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । मिडिया पर्सनालिटि सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रमको औपचारिक सुरुवात आमन्त्रित व्यक्तित्व तथा अतिथिहरूको अभिनन्दन सहित  राष्ट्रिय गान बजाउँदै, माननीय देवेन्द्र दाहाल, शिव रतन शारडा, फेलिक्स हु, एस्टोर झाओ, र सन्दीप कुमार शारडाद्वारा पानसमा बत्ती बाली गरिएको हो ।

शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा स्वागत मन्तव्य राखिएसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय श्री देवेन्द्र दाहालद्वारा विशेष मन्तव्यपछि प्रमुख अतिथिलाई विशेष ‘टोकन अफ अप्रिसिएसन’ प्रदान गरियो । त्यसैगरी कार्यक्रममा जिकर टिमद्वारा ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमद्वारा ‘प्रोडक्ट ब्रिफ’ गरियो । साथै, कन्टेमपररि डान्स प्रस्तुतिले कार्यक्रममा शोभा बढायो भने ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभिको विस्तृत जानकारी प्रदर्शन गरियो ।

प्रमुख अतिथि माननीय देवेन्द्र दाहाल र शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाद्वारा जिकर ब्रान्डको डेब्यु मोडल बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभि ‘जिकर एक्स’को पहिलो पटक अनावरण गरियो । त्यसैगरी नयाँ जिकर एक्स सँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि सम्पन्न भयो । साथै शारदा ग्रुपका निर्देशक गौरव शारडाद्वारा धन्यवाद ज्ञापनपश्चात् कार्यक्रम अन्तर्क्रिया तथा ‘ककटेल डिनर’मा परिणत भयो ।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको छ । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूची राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।

जिकर एक्स परिष्कृत पर्फमेन्स र अत्याधुनिक सुरक्षा सुविधाहरूसहितको गाडीहरूमध्ये अग्रपङ्तिमा उभिन्छ । यो प्रिमियम एसयुभिमा ‘भोल्भो इएक्सथर्टि’मा प्रयोग भएको जस्तै उच्च गुणस्तरको सुरक्षित र मजबुत प्लेटफर्म प्रयोग गरिएको छ जसले सुरक्षित, परिष्कृत र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्दछ ।