शीर्षकहरू

एउटा व्यक्तिलाई देखाएर सहकारी क्षेत्र नै नराम्रो भन्न मिल्दैन: अध्यक्ष मल्ल

एउटा व्यक्तिलाई देखाएर सहकारी क्षेत्र नै नराम्रो भन्न मिल्दैन: अध्यक्ष मल्ल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले एउटा व्यक्तिलाई मात्र देखाएर समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

पत्रकारहरूले सत्यलाई सत्य र असत्यलाई असत्य भन्नुपर्ने बताउँदै उनले भनिन्, “एउटा व्यक्तिलाई देखाएर यो क्षेत्र नै विकृति भएको भन्न मिल्दैन । सहकारीमा दुई तीन किसिमका बचतकर्ता छन् । सरकारले अहिले गरिरहेको काममा हामी एकदमै पोजेटिभ छौँ ।”

आन्दोलनमा उत्रिएका सदस्यहरूले महासंघ बोल्नुपर्‍यो भनेर नभनेको उनले बताइन् । महासंघसँग समन्वय गरिदिए आन्दोलनमा उत्रिने सहस्यहरुका कुरा सरकारसामु लग्न सहज हुने पनि उनको भनाइ  छ ।