शीर्षकहरू

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । 

यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंकका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।