शीर्षकहरू

भारतको हिमाचलमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी

भारतको हिमाचलमा गाँजा खेतीलाई वैधानिकता दिने तयारी

एजेन्सी । भारतको हिमाचल प्रदेशको राजनीति माहोल तातेको छ । प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिने योजना बनाएपछि राजनीति माहोल तातेको हो । यसलाई औषधीजन्य प्रयोगका लागि वैधानिकीकरण गर्न सकिने राज्य सरकारको दाबी छ । यसका लागि सरकारले विधेयक तयार पारेको छ । २०२३ अप्रिल २६ मा राजस्वमन्त्रीको अध्यक्षतामा समिति गठन भएको थियो । राज्य सरकारका मन्त्री विक्रमादित्य सिंहले यस सम्बन्धमा छिट्टै विधेयक पेश गर्ने घोषणा गरेका छन् । यसले अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

हिमाचल सरकारले गठित समितिले कांगडा, चम्बा, मण्डी, कुल्लु, सोलन र सिरमौर जिल्लाको भ्रमण गरेको थियो ।  धेरै राज्यहरूसँग सम्पर्क पनि गरेको थियो। यसको खेतीबाट राज्यलाई आम्दानी हुने समितिले जनाएको छ । राज्यको अन्तःशुल्क नीति लाभदायी हुने पनि मन्त्रीले दाबी गरेका छन् ।

हिमाचल प्रदेश पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको छ । राज्यमन्त्री विक्रमादित्य सिंहले सरकारले कानुनी रूपमा खेती गर्न आदेश दिएमा राज्यको अर्थतन्त्रमा गेम चेन्जर साबित हुने दाबी गरेका छन् । उनले गम्भीर भएर सोच्नुपर्ने बताए । 

पछिल्लो ४० वर्षदेखि भारतमा गाँजाको खेती अवैध मानिन्छ। तर, हिमाचललगायत धेरै राज्यमा मानिसले अवैध रूपमा यसको खेती गर्दै आएका छन् । हिमाचलको जयराम ठाकुरको सरकारले पनि २०१८ मा यसलाई वैधानिक बनाउने घोषणा गरेको थियो। यसबाट राज्यले करिब ५ सय करोड रुपैयाँ आम्दानी गरेको सरकारको दाबी छ । सन १९८५ भारतमा भांग खेती अपराध घोषित गरियो।

गाँजालाई मादक पदार्थको रूपमा हेरिन्छ। यद्यपि, भांगले आयुर्वेदिक औषधिमा महत्त्वपूर्ण भूमिका खेल्छ र वाकवाकी, बान्ता र शारीरिक दुखाइलगायत विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। यति मात्र होइन यसले कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्छ। यो गठिया र छाला सम्बन्धित रोगहरु लाई राहत प्रदान गर्न को लागी प्रभावकारी हुन सक्छ।