शीर्षकहरू

बरुण हाइड्रोपावरले बोलायो साधारण सभा

बरुण हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएको छ । असोज १३ गते कम्पनीको २१ औँ वार्षिक साधारण सभा  लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा हुने भएको हो । 

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद शेयर अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। 

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।