शीर्षकहरू

सामूहिक दुर्घटना बीमा गर्दा अभिकर्ता प्रयोग नगरे बीमितले पाँच प्रतिशतसम्म छुट पाउने

सामूहिक दुर्घटना बीमा गर्दा अभिकर्ता प्रयोग नगरे बीमितले पाँच प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सामूहिक दुर्घटना बीमा गर्दा बीमितले अभिकर्ता प्रयोग नगरेको अवस्थामा पाँच प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाली बीमा प्राधिरकणले दुर्घटना बीमा निर्देशिका २०७८ शंसोधन गर्दै यस्तो व्यवस्था गरेको छ । 

प्राधिकरणले निर्देशिका शंसोधन गर्दै दफा १६ मा बीमितलाई छुट दिन सकिने व्यवस्था गरेको छ । त्यस्तै, निर्देशिकाको दफा ९ मा शंसोधन गरेको छ । संशोधन गर्दै दुर्घटनाको कारणबाट बीमितको औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्क रकम, एक लाख रुपैयाँ वा विल भर्पाई जुन कम हुन्छ सो अनुसार शोधभर्ना दिनुपर्ने व्यवस्था गरे । 

औषधी उपचार वापत दिइएको शोधभर्ना रकम बीमाङ्क रकममा थप हुनेछ । उपचार गराउँदा गराउँदैको अवस्थामा बीमितको मृत्यू भएमा समेत सो बराबरको रकम सक्कल बिल भरपाई बमोजिम बीमकले शोधभर्ना दिनुपर्नेछ । 

त्यस्तै, निर्देशिकाको अनुसुची दुई को दफा २० को (१) मा राखिएको बीमकले बीमाङक रकमभन्दा बढी हुने गरी दाबी भुक्तानी गर्ने छैन भन्ने व्यवस्था हटाइएको छ । दफा २६ मा भएको बीमित वा बीमालेख धारक बाहेक अन्य पक्षलाई दाबी वापतको रकम भुक्तानी गर्न आँटेमा वा भुक्तानी गरेमा  भन्ने व्यवस्था भने हटाएको छ ।