शीर्षकहरू

शेयर बजारमा तिव्र उतारचढाव, २७५८ बिन्दुमा पुगेर नेप्से २७२७ मा झर्‍यो

शेयर बजारमा तिव्र उतारचढाव, २७५८ बिन्दुमा पुगेर नेप्से २७२७ मा झर्‍यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयरबजारमा तिव्र उतारचढाव देखिएको छ । यस दिन बजार खुलेलगत्तै ओरालो लागेको शेयर दिउँसो ११ बजेर १६ मिनेटपछि उकालो लागेको थियो ।

२७१३.२७ बिन्दुबाट उकालो लागेर दिउँसो ११:२८ मा २७३८.०४ बिन्दुमा पुगेको परिसूचक त्यसपछि उतारचढावका बीच घट्दै गएर दिउँसो १२:३३ मा सबैभन्दा कम २६८७.३३ बिन्दुमा पुग्यो । त्यसपछि उतारचढावपूर्ण बजार दिउँसो २:३९ बजे २७५८.५९ अंकमा पुगेको थियो । त्यसपछि बजार पुन: ओरालो लाग्यो । २७१५ को बिन्दुमा झरेर २७२७.३६ मा पुगेर बजार बन्द भयो । नेप्से परिसूचक २७ सय बिन्दुभन्दा तल पुगेको थियो । यद्यपि, अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा माथि नै बन्द भएको छ ।

आज १३ मध्ये ११ उपसमूहको शेयर घटेकोमा लघुवित्त र व्यापार उपसमूहको परिसूचक भने बढेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्किट लागेको छ । यस्तै युनिक नेपाल लघुवित्तको शेयर ९.१४, नेष्डो समृद्ध लघुवित्तको शेयर ८.४३, अपर हेवाखोला हाइड्रोपावरको शेयर ७.९२ र गुडविल फाइनान्सको शेयर ७.८३ प्रतिशतले बढेको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । आज ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको २ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ४० करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।