शीर्षकहरू

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी छनौट

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी छनौट

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएको बोर्ड सञ्चालक समितिका एक सदस्यले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।