शीर्षकहरू

पशुपतिमा नाचगान र शिव आरधाना गरेर यसरी मनाइँदै तीज [फोटोफिचर]

पशुपतिमा नाचगान र शिव आरधाना गरेर यसरी मनाइँदै तीज [फोटोफिचर]

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौँको पशुपतिमा नाचगान र भगवान् शिवको आरधाना गरेर मनाउँदै छन् । 

प्रत्येक वर्ष हरितालिका (तीज) पर्व नेपालमा भाद्र शुक्ल तृतीयामा मनाइन्छ । यो पर्वको धार्मिक मान्यता अनुसार, पार्वतीले महादेवलाई पति पाउने वरदान प्राप्त गर्नको लागि आजको दिन व्रत बसेको मान्यता रअहेको छ । यस पर्वको व्रत धर्मशास्त्रअनुसार, केवल महिलाको जिम्मेवारीमा मात्र नभई पुरुषहरूले पनि व्रत गर्न सक्ने नियम रहेको छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार, तीजको व्रत पारिवारिक सुख र शान्तिको प्राप्तिका लागि गरिन्छ । पुरातन मान्यता अनुसार, पुरुषले विधुर नहुनु, र महिलाले अटल सौभाग्यको कामना गर्नु पनि आवश्यक छ । यस पर्वमा व्रत गर्ने विधि विभिन्न छन्: निराहार, जलाहार, र फलाहार। स्वास्थ्यका आधारमा व्रत गर्नेले उपयुक्त विधि अपनाउनुपर्छ । 

प्रा. डा. देवमणि भट्टराईका अनुसार, तीजको व्रत केवल श्रीमान्को दीर्घायुको कामनाको लागि मात्र नभई, सन्तान प्राप्ति र असल वर वा वधु पाउने शास्त्रीय विधान पनि छ। वर्तमानमा, पुरुषहरूले पनि यो व्रत गर्न सक्छन्, विशेष गरी जब महिलाले व्रत गर्न नसक्ने अवस्थाहरूमा ।

धर्मशास्त्रविद्हरूका अनुसार, यो व्रत सम्पूर्ण परिवारको सुख, शान्ति, र कल्याणको लागि महत्वपूर्ण छ। यसले धार्मिक र सामाजिक दुवै दृष्टिकोणले मान्यता पाएको छ। तीजको व्रतलाई मानव मात्रका लागि भएको उल्लेख गरिन्छ र यसलाई संकुचित अर्थमा लिनु हुँदैन।

तीजको अवसरमा विभिन्न शिव मन्दिरहरूमा पुगेर शिव पार्वतीको स्तुतिगान गरेर मनाउने गर्छन् ।