शीर्षकहरू

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा

एभरेष्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकले लाभांश दिने भएको छ ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ ।