शीर्षकहरू

यी हुन सम्मानित हुने ४० निजामति कर्मचारी

यी हुन सम्मानित हुने ४० निजामति कर्मचारी

काठमाडौं ।  निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै छन । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । 

भदौ २२ गते निजामती सेवा दिवसमा सरकारले १० जनालाई उत्कृष्ट निजामती र ३० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शनिबार निजामती सेवा दिवसको अवसरमा कर्मचारीलाई सम्मान गर्ने भएको हो । हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ ।