शीर्षकहरू

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात  दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।