शीर्षकहरू

टाइम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्दै, साधारण सभा असोज १२ गते

टाइम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्दै, साधारण सभा असोज १२ गते

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै असोज १२ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने र त्यसका लागि विक्री प्रबन्धक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

 कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा समेत सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सञ्चालक समितिको पनुर्गठन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । उल्लेखित प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।