शीर्षकहरू

नेपाल भित्रियो प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस

नेपाल भित्रियो प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रुपमा भित्रिएको छ । ५२ वर्षअघि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाइमपिसेस् नेपाल प्रालिले नोमसलाई औपचारिक रुपमा नेपाल भित्र्याएको हो ।

स्विच टाइमपिसेस नेपालको दरबारमार्गस्थित विक्रीकक्षबाट नोमोसको विक्री शुरु भएको छ । सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाइण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । प्रिसाइज्ड टाइम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सर्वाधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो ।

नेपाली बजारमा नोमसलाई आधिकारिक रुपमा लन्च गर्दै स्विस टाइमपिसेस नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्छन्, “यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाइन हो । नोमसले आफ्नो ऐतिहासिक महत्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।''