शीर्षकहरू

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को प्रतिफल घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत वर्षको मुनाफबाट कर समेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । 

भदौ २८ गते विहान ८ बजे बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी नेप्सेमार्फत गराएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले प्रतिफल प्रयोजनका लागि भने बुक क्लोजको मिति तय गर्न बाँकी छ । 

बुक क्लोजको मितिका आधारमा योजनाको प्रतिफल प्राप्त हुनेछ । यस योजना सञ्चालनका लागि १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरिएको थियो । असार मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ५७ पैसा रहेको छ । सो अवधिसम्म यस योजनाले ५ करोड १५ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।