शीर्षकहरू

‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो तर...’ भन्दै स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजीनामा

‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो तर...’ भन्दै स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री  प्रदिप पौडेल मार्फत उनले बोर्डको अध्यक्षबाट राजीनामा दिएका हुन् ।

उनी राजीनामा बुझाउन मन्त्रालय पुगे पनि मन्त्रीसँग भेट नभएपछि राजीनामा पत्र छाडेर फर्किएका मन्त्रालयका एक कर्मचारीले बताए । राजीनामा पत्र बुझाएपछि उनले सामाजिक सञ्जालमा बोर्डमा असन्तुष्ट भएर राजीनामा दिएको संकेत गरेका छन् । उनले भनेका छन्, 'जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो तर अहिलेका लागि...'

उनी गत वर्ष मंसिर १३ गते अध्यक्षमा नियुक्त भएका थिए । उनले त्यसैबेला स्वास्थ्य बीमामा सुधार गर्न नसके राजीनामा दिने घोषणा गरेका थिए ।